×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु

बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु

काठमाडौं। बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ ।

काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताए।

त्यसैगरी १७ जना घाइते भएका छन् । जसअनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका हुन् ।

यी तीन जिल्लाबाट १ हजार ४१५ जनाको उद्दार गरिएको छ । १७ जना वेपत्ता छन् । १ हजार ९२४ घरहरु डुबानमा परेको एसएसपी घिमिरेले बताए ।
 

प्रतिकृया दिनुहोस्