काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख २ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।