×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

काठमाडौं । मंगलबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । सोमबार सामान्य अंकले बढेको नेप्से मंगलबार १२.५८ अंकले घटेको छ । कारोबार सुरु हुँदा २६९५.७३ अंकमा रहेको नेप्से मंगलबार २६८३.१५ अंकमा झरेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स २.४५ अंकले घटेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएकामध्ये १ सय ९० कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । मंगलबार कालिञ्चोक दर्शनको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतसम्म सेयर मूल्य बढेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएकामध्ये धेरै समूहगत परिसूचक घटेका छन् । यस दिन बैंकिङ ८.७३ अंकले घटेको छ । त्यसैगरी विकास बैंक ३५.७३, वित्त २७.६६, जलविद्युत् ३४.३९, लगानी ०.५३, जीवन बीमा ४९.५७, लघुवित्त २०.९०, निर्जीवन बीमा ३९.४४, अन्य १३.१६ र व्यापार १७.७१ अंक घटेका छन् ।

तर, होटल १३४.७४, उत्पादनमूलक ३४.५६ र सामूहिक लगानी कोष ०.२१ अंकले बढेका छन् ।

मंगलबार नेप्से सूचक घटे पनि कारोबार रकममा भने समान्य सुधार आएको छ । नेप्सेमा ३ सय २२ कम्पनीको ९२ हजार ३ सय ३८ कारोबारबाट ८ अर्ब ६३ करोड रुपैयाँ बराबर १ करोड ८७ लाख ३ हजार कित्ता सेयर किनबेच भएको छ ।

यो कारोबार रकम सोमबारको तुलनामा धेरै हो । सोमबार नेप्सेमा ८ अर्ब १० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्