×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अध्यादेश ल्याउनु गलत छ, फिर्ता हुनुपर्छ : सांसद शर्मा

अध्यादेश ल्याउनु गलत छ, फिर्ता हुनुपर्छ : सांसद शर्मा

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटी रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताउँदै उनले अध्यादेशहरू सकारात्मक रहेको भएपनि सकारात्मकताभित्र खतरनाक कुराहरू समावेश रहेको बताए ।

‘यो अध्यादेशहरूभित्र कतिपय सकारात्मक कानुन हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसाबले यो गलत छ । सरकारले यो फिर्ता लिनुपर्छ,’ उनले भने, ‘यो अध्यादेशभित्रका कानुनहरू सकारात्मक छन् । ति सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन् ।’

सुकुमवासीहरूलाई जग्गा दिनेकुरा सकारात्मक रहेको भएपनि हदबन्दी फुकुवा गर्नेकुरा डरलाग्दो रहेको बताए ।

‘भूमि सम्बन्धीको कुरा सुकुमवासीहरूलाई जग्गा दिनेकुरा ल्याइएको छ । सकारात्मक कुरा हो । तर हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसावले सुकुम्वासीलाई जग्गा दिनेकुरा उठाइएको छ,’ उनले भने, ‘साथै हदबन्दी फुकुवा गर्नेकुरा जे उठाइएको छ, त्यसले भूमाफियाहरूको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ ।’

प्रतिकृया दिनुहोस्