×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

७.७९ अंकले घट्यो सेयर बजार

७.७९ अंकले घट्यो सेयर बजार

काठमाडौं । अघिल्लो दिन ४.६४ अंक घटेको सेयर बजार बुधबार ७.७९ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २६८८ अंकमा झरेको छ । आजसहित लगातार तेस्रो दिन बजार घटेको हो ।

कारोबारका क्रममा दिउँसो १२:४० बजे नेप्से दिनभरको अधिकतम अंक २७०६ अंकसम्म पुगेको थियो । तर त्यसपछिको ओरालो गति अन्तिम समयसम्म कायम रह्यो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ४ अर्ब २ करोडको भयो ।

आज ७८ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ११ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । अन्य समूह ०.४३ प्रतिशत बढ्यो भने अरु घटेका छन् । बैंकिङ ०.२७, विकास बैंक ०.४२, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५२, जलविद्युत् ०.३९, लगानी ०.२४, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.५७ तथा व्यापार ०.०१ प्रतिशत घटे ।

सूचीकृत भएपछि एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्ने क्रम आज पनि जारी रह्यो । त्यस्तै स्नो रिभर्सको ४.९०, खानीखोला हाइड्रोपावरको ३.६२, हिमालयन पावर पार्टनरको ३.३५, मेन्छियाम हाइड्रोपावरको २.२४ प्रतिशत मूल्य बढ्यो ।

मातृभूमि लघुवित्तको मूल्य ४.५४, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.४२ तथा शुभम् पावरको ४.२६ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनङि मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स तथा रिडी पावर छन् ।

प्रतिकृया दिनुहोस्