काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ४४०० रुपैयाँ बढेर प्रतितोला तिन लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ६९५ रुपैयाँमा कारोबार भैरहेको छ ।