×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा

शिक्षक संख्या २ लाख ७९ हजार, विद्यार्थी ७० लाख

शिक्षक संख्या २ लाख ७९ हजार, विद्यार्थी ७० लाख

काठमाडौं । शैक्षिक सत्र २०८१ मा शिक्षकको संख्या २ लाख ७९ हजार ५ सय ८५ रहेको छ । जसमध्ये ४२.६ प्रतिशत महिला र ५७.४ प्रतिशत पुरुष शिक्षक रहेका छन् ।

आधारभूत तहमा कार्यरत महिला शिक्षकको हिस्सा माध्यमिक तहको तुलनामा उच्च रहेको छ । आधारभूत तहमा महिला र पुरुष शिक्षकको हिस्सा क्रमशः ४९.३ प्रतिशत र ५०.७ प्रतिशत रहेको छ भने माध्यमिक तहमा क्रमशः १८.३ प्रतिशत र ८१.७ प्रतिशत रहेको छ ।

कक्षा (१–१२) सम्मका विद्यार्थी संख्यालाई आधार मान्दा सामुदायिक विद्यालयमा प्रति विद्यालय विद्यार्थी संख्या १७० रहेकोमा संस्थागत विद्यालयमा २९१ रहेको छ ।

सामुदायिक विद्यालयमा प्रति शिक्षक विद्यार्थी संख्या २४ रहेको छ । यस्तो अनुपात आधारभूत तह ९कक्षा १–५० मा सबैभन्दा कम १९ र माध्यमिक तह ९कक्षा १–१२० मा सबैभन्दा बढी ६५ रहेको छ ।

सबै प्रकारका विद्यालयमा कार्यरत कुल शिक्षक संख्यामा सबैभन्दा उच्च लैंगिक समता सूचकांक आधारभूत तह (कक्षा १–५) मा १.२ रहेको छ भने सबैभन्दा न्यून लैंगिक समता सूचकांक माध्यमिक तह (कक्षा ११–१२) मा ०.२ रहेको छ ।

शैक्षिक सत्र २०८१ मा सामुदायिक तथा संस्थागत विद्यालय (कक्षा १–१२) मा अध्ययनरत कुल विद्यार्थीमध्ये छात्र ५१.९ प्रतिशत र छात्रा ४८.१ प्रतिशत रहेको छ ।

शैक्षिक सत्र २०८० मा विद्यालय तहमा अध्ययनरत विद्यार्थीको संख्या (कक्षा १–१२) ७१ लाख ४३ हजार २ सय ६२ रहेकोमा शैक्षिक सत्र २०८१ मा १.९ प्रतिशतले न्यून भएको छ । २०८१ मा ७० लाख १० हजार ८ सय ८ रहेको छ ।

शैक्षिक सत्र २०८० मा यस्तो सङ्ख्या १.३ प्रतिशतले घटेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार कक्षा १० को टिकाउ दर र विद्यालय उमेर समूहको जनसंख्यामा आएको कमीले विद्यार्थी संख्या घटेको अनुमान गरेको छ ।

कुल विद्यार्थीमध्ये आधारभूत तह (कक्षा १–५) मा ४९.४ प्रतिशत, आधारभूत तह (कक्षा ६–८) मा २५.८ प्रतिशत, माध्यमिक तह (कक्षा ९–१०) मा १३.९ प्रतिशत र माध्यमिक तह (कक्षा ११–१२) मा ९.५ प्रतिशत विद्यार्थी अध्ययरत छन् ।

शैक्षिक सत्र २०८१ मा भर्ना भएका कुल विद्यार्थीमध्ये छात्रा ४८.१ प्रतिशत र छात्र ५१.९ प्रतिशत रहेका छन् ।

मन्त्रालयका अनुसार शैक्षिक सत्र २०८१ मा ६६.२ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालय र ३३.८ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययरत छन् ।

शैक्षिक सत्र २०८० मा ६९.९ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालय र ३०.१ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययरत थिए । कुल विद्यालयमध्ये ७८.० प्रतिशत सामुदायिक विद्यालय रहेका छन् ।

प्रतिकृया दिनुहोस्