×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मतदाता नामावलीमा नाम दर्ता गर्न २ दिन मात्रै बाँकी

मतदाता नामावलीमा नाम दर्ता गर्न २ दिन मात्रै बाँकी

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन दुई दिन मात्रै बाँकी छ ।

यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि वृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्ला केही दिन अझ मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले रफ्तार पाउने आयोगका अधिकारीहरू बताउँछन् । किनभने, राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गरिएको छ ।

निर्वाचन आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गरेको हो ।

राष्ट्रिय पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराएपछि यो सम्भव भएको हो । यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाएको छ ।

प्रतिकृया दिनुहोस्