×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने भएका छन् ।  अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्ने भएका हुन् । 

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउसो १ बजेको लागि बोलाइएको छ । 
 

प्रतिकृया दिनुहोस्