×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कार्यालय छोड्न सरकारले सूचना जारी गरेपछि नयाँ कार्यालय खोज्दै एमाले

कार्यालय छोड्न सरकारले सूचना जारी गरेपछि नयाँ कार्यालय खोज्दै एमाले

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको नाममा रहेको भवन खाली गर्न सरकारले सूचना जारी गरेपछि नेकपा एमालेले नयाँ कार्यालय खोज्न थालेको छ ।

भोगाधिकार पाएको, तर लिजमा परिणत नभएको जग्गा खाली गर्न भूमि व्यवस्था मन्त्रालयले सूचना जारी गरेको छ । उक्त सूचना बमोजिम च्यासलको कार्यालय पनि खाली गर्नुपर्ने देखिएको छ ।

‘आधिकारिक पत्र आएको जानकारी छैन, तर सरकारको सूचना अनुसार भवन खाली गर्नुपर्ने देखियो,’ एमाले स्रोतले भन्यो, ‘अब हामीसँग अर्को कार्यालय खोज्नुको विकल्प रहेन ।’ ती नेताका अनुसार एमालेले नयाँ कार्यालय खोज्न थालिसकेको छ ।

प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य भने आफूहरूले यो जग्गा कानुनअनुसार नै प्रयोग गरिरहेको बताउँछन् । ‘हामीले मन्त्रिपरिषद्को निर्णय अनुसार प्राप्त गरेका हौँ । ५० वर्षका लागि लिजमा लिन खोज्दा सरकारले दिएको थिएन,’ उनले भने, ‘यो भवन बनाउन पनि सरकारको समेत सहयोगमा बनेको हो ।’ पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष शाक्यले अन्य प्रतिष्ठानहरूले पनि यस्तै समस्या भोगिरहेको बताउँछन् । तर, कानुन मानेर जाने पनि उनले बताए ।

प्रतिष्ठानको भवनमा ०७८ देखि एमाले बस्दै आएको छ । ०७२ सालको भूकम्पले बल्खुस्थित भवन भत्किएपछि केही समय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा एमालेले कार्यालय राखेको थियो ।

प्रतिकृया दिनुहोस्