×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

‘हामी सबैले राजीनामा बुझायौं, स्वीकृतिको पर्खाइमा छौं,’ मन्त्री भण्डारीले भने । कांग्रेसबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि आज बिहान कांग्रेसका राजीनामा दिएको बताए ।

‘आज बिहान क्याबिनेट बैठक थियो, त्यही बैठकमा हामी चारै जनाले सामूहिक राजीनामा दियौं,’ मन्त्री अधिकारीले  भने ।

एमाले नेता यामलाल कँडेलले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्री थिए । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारी कांग्रेसबाट मन्त्री थिए ।

आर्थिक मामिला मन्त्री शाह हाल स्वास्थ्य उपचारको सिलसिलामा बैंककमा छन् । उनले आफू बैंकक प्रस्थान गर्नुअघि नै राजीनामा पत्र बुझाएर आएको  बताए ।

ह्वाट्सएपमा अनलाइनखबरसँग कुरा गर्दै शाहले भने, ‘म चार–पाँच दिन भयो बैंकक आएको, अहिले पनि अस्पतालमै छु । यता आउनुअघि नै संसदीय दलको नेतालाई मेरो राजीनामा बुझाएर आएको थिएँ, आज साथीहरुले सामूहिक रुपमा बुझाउनुभयो भन्ने थाहा पाएँ ।’

प्रतिकृया दिनुहोस्