काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा १३०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २७० रुपैयाँ बढेर प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भैरहेको छ ।