×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु

पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु

विराटनगर । भारतको प्राविधिक सहयोगमा पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ ।

मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलाको बेलिब्रिज जडानका क्रममा शनिबार बेलुका भाँचिएको थियो । सो घटनामा ६ जना मजदुर गम्भीर घाइते भएका थिए । तीमध्ये ३ जनाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पुल भाँचिदा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा घाइते सिमराकै भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको नोबेलमा उपचार भइरहेको छ ।

०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि अवरुद्ध राजमार्गमा बेलिब्रिज निर्माण गरी यातायात सुचारु भएको थियो । तर गत वर्ष असोज १२ गते आएको बाढीले त्यो बेलिब्रिज पनि बगाएको थियो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार नयाँ प्रविधिको ७० मिटर लामो बेलिब्रिज जडान गरिरहेका बेला भाँचिएको थियो । शनिबार पुल जडान गरेर सक्ने तयारी थियो । तर निर्माणका क्रममा नै भाँचिएको उनले बताए ।
 

प्रतिकृया दिनुहोस्