×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रेस चौतारीको अध्यक्ष पदमा राजेश राईको उम्मेदवारी घोषणा

प्रेस चौतारीको अध्यक्ष पदमा राजेश राईको उम्मेदवारी घोषणा

काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले उम्मेदवारी घोषणा गरेका छन् ।

संगठनका उपाध्यक्ष रहेका राईले लामो पृष्ठभूमि सहित विराटनगरमा पर्सि १० चैतबाट सुरू हुने दशौं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । पार्टी नेतृत्वले सर्वसहमतिको प्रयत्न गरे पनि आफू योग्य रहेको र नभए प्रतिनिधिहरूले निर्णय लिने उनको विश्वास छ ।

‘अहिलेसम्म पार्टी नेतृत्व संगठनबाट हामी दाबेदारहरूलाई राखेर औपचारिक निर्देशन भएको छैन । यसको मतलब हामीलाई जनवादको अभ्यास गर्ने अवसर दिनु हुनेछ ।

हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ– प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् ।

एमालेकै पार्टी निर्णय उल्टिएपछि उपाध्यक्ष राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि उनै राईलाई चौतारीको अध्यक्ष बनाउनेगरी एमालेले निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्