काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा एक हजार ८०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ४५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।