काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।