×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

मधेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

मधेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

जनकपुरधाम । जनमत पार्टीले समर्थन फिर्ता गरेपनि मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेको छ ।

सत्तारुढ चार दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन् । उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन् ।

कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

गत वैशाख २२ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

प्रतिकृया दिनुहोस्