×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

एभरेष्ट महिला भलिबलको ट्रफी सार्वजनिक

एभरेष्ट महिला भलिबलको ट्रफी सार्वजनिक

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग(ईडब्ल्यूभीएल) को ट्रफी सार्वजनिक भएको छ । ट्रफी सार्वजनिकसँगै प्रतियोगिताको काउज्ट डाउनपनि सुरु गरिएको अफिसियल टिमले जनाएको छ ।

ट्रफी ७ किलो, २२ इन्च अग्लो रहेको छ । यो ट्रफीमा भलिबल खेललाई झल्काउने गरी बनाइएको छ । यो ट्रफीलाई प्रतियोगिताको माहोल बनाउन नेपाल भ्रमण गराइने आयोजकले जनाएको छ ।

ट्रफीलाई १७ सेप्टेम्बरमा कर्णाली, २० सेप्टेम्बरमा मधेश,२३ सेप्टेम्बरमा चितवन, २५ सेप्टेम्बरमा गण्डकी, २७ मा ललितपुर र २८ सेप्टेम्बरमा काठमाडौंमा घुमाइनेछ ।

समर्थकले प्रतियोगिताको ट्रफीलाई नजिकबाट देखाउन ट्रफी टुर गराउन लागिएको आयोजकले जनाएको छ । असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशाला हुने यस प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणको महिला भलिबल फ्रेन्चाइजमा काठमाडौं, ललितपुर, चितवन, गण्डकी, कर्णाली र मधेश गरी ६ वटा टिम छन् ।

 

प्रतिकृया दिनुहोस्