काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ५ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २१५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।