×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

पुनर्निर्माणको क्रममा प्रयोग हुने सबै फर्निचर नेपालमै बनेको प्रयोग गरिने

पुनर्निर्माणको क्रममा प्रयोग हुने सबै फर्निचर नेपालमै बनेको प्रयोग गरिने

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिंहले पुनर्निर्माणको क्रममा प्रयोग हुने सबै फर्निचर नेपालमै बनेको प्रयोग गर्ने निर्णय गरेका छन् । 

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रूपमा यस्तो निर्णय गरेका हुन्। यस्तै उनले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्थाका लागि जोड दिने समेत बताए । 

उनले भूमि सुधार र कानुन मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् । तर, दुवै मन्त्रालयमा उनले आज पदभार ग्रहण गरेनन् । भूमिसुधारमा भोलि ११ बजे र कानुनमा भोलि २ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस्