काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।