×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

कतार एयरवेजको जहाज भैरहवा अवतरण, नियमित उडान सुरु

कतार एयरवेजको जहाज भैरहवा अवतरण, नियमित उडान सुरु

काठमाडौं । कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ । मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार यो जहाजमा ३३ यात्रुमध्ये एक जना भैरहवा झरेका छन् भने बाँकी ३२ जना काठमाडौं आउने छन् ।

योसँगै कतार एयरवेजले दोहा-भैरहवा-काठमाडौं रुटमा दैनिक उडान सुरुवात गरेको हो ।

प्रतिकृया दिनुहोस्