×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

राष्ट्रिय परिचयपत्रको सर्भर डाउन

राष्ट्रिय परिचयपत्रको सर्भर डाउन

काठमाडौं । राष्ट्रिय परिचयपत्रको सर्भर डाउन हुँदा यतिबेला नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन् । प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचयपत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।

परिचयपत्र लिन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् । सर्भर डाउन समस्या समाधान कतिबेला हुन्छ भन्नेबारे यकिनका साथ भन्न नसकिने एक कर्मचारीले बताउँछन् ।

गएरातिदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पनि सर्भर डाउन भएको छ । त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छैनन् ।

प्रतिकृया दिनुहोस्