निर्मल पुर्जासहित ३ आरोहीको शव आधार शिविर ल्याइयो निर्मल पुर्जासहित ३ आरोहीको शव आधार शिविर ल्याइयो
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

निर्मल पुर्जासहित ३ आरोहीको शव आधार शिविर ल्याइयो

निर्मल पुर्जासहित ३ आरोहीको शव आधार शिविर ल्याइयो

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित तीन आरोहीको शव आधार शिविर ल्याइएको छ ।

प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाले यसको पुष्टि गरेका हुन् । उनका अनुसार पूर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव स‌ंकलन गरी आधार शिविर ल्याइएको छ ।

शव संकलन मिङ्‌मा जीको नेतृत्वमा भएको थियो । सांसद शेर्पाले कठिन उद्धारका लागि उद्धार टोलीप्रति आभार व्यक्त गरेका छन् । उनका अनुसार तीन आरोहीको अझै शव भेटिएको छैन ।

गत शुक्रबार पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्