×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओ दिवसका दिन एउटै मञ्चमा जुट्दै विप्लव र जनार्दन

माओ दिवसका दिन एउटै मञ्चमा जुट्दै विप्लव र जनार्दन

काठमाडौँ । १३२औँ माओ दिवसका दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर एउटै मञ्चमा जुट्दैछन् ।

माओ दिवसका अवसरमा राजधानीमा पुस ११ गते वृहत् कार्यक्रमको आयोजना गर्न लागिएको छ । दिवसका अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा हुन लागेको कार्यक्रममा कम्युनिस्ट एकताका सन्दर्भमा बहसका साथै सार्थक एकताका लागि एउटा आधार तय हुने आयोजकको विश्वास छ । 

‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक उक्त वैचारिक अन्तरक्रिया कार्यक्रममा विप्लव र जनार्दन एउटै मञ्चमा सहभागी जनाउँदैछन । 

विप्लव नेतृत्वको नेकपाले यसअघि नै माओवादीसँग एकता गर्ने निर्णय गरेपनि माओवादीकै तर्फबाट ढिलाइ हुँदा एकताले सार्थकता पाउन सकेको छैन । यस्तै उपमहासचिव शर्माले पनि कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् । 

एकताको पक्षमा रहेका दुई नेता एउटै मञ्चमा उपस्थित भएर एकताका लागि आह्वानसहित कम्युनिस्ट आन्दोलन र खेल्नुपर्ने भूमिकाका सन्दर्भमा वैचारिक अन्तरक्रिया गर्ने आयोजकको भनाइ छ । 

सो अवसरमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका महत्त्वपूर्ण डायरीसमेत समेत सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिकृया दिनुहोस्