×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न पर्दैनथ्यो : झलनाथ खनाल

दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न पर्दैनथ्यो : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न नपर्ने बताएका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । एमाले र नेकपाले चुनावअघि नै कार्यगत एकता गरेको भए करिब १ सय सिट आउने उनको दाबी छ ।

उनले रास्वपा नेतृत्वको सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री बालेन शाहलाई ‘तानाशाही’ रहेको आरोप पनि सम्बोधनको क्रममा लगाए ।

‘‘करिब १ सय सिट वामपन्थीको हुन्थ्यो । आज यो बालेन तानाशाही चल्ने थिएन । देशको परिस्थिति बेग्लै हुन्थ्यो । हामी इतिहास र जनताले माग गरेका कुरा अनुरुप अघि बढन सक्यौंं कि सकेनौं ? यो आत्मसमीक्षा गर्ने घडी पनि हो,’ खनालले भने ।

उनले चुनावअघि नै एमाले र नेकपाको कार्यगत एकता भएको खण्डमा आउने चुनावी परिमाणमको आकलन पनि सम्बोधनको क्रममा सुनाए ।

यस्तो छ झलनाको आकलन–

भर्खरै भएको चुनावमा नेपालको वामपन्थी आन्दोलनले जुन सर्मनाक पराजय भोग्नुपर्‍यो, यदी यिनै दुईवटा दलमात्रै निर्वाचनभन्दा अगाडि हामीहरू कार्यगत एकता गरेको भए, तथ्यांक एकपटक सम्झना गरौं त नेपाली कम्युनिस्ट पार्टीले १७, नेकपा एमालेले २५ दुईवटा जोड्दा ४२ सिट । यो दुईवटा जुध्दा हामीले ३२ सिट हामीले हरायौं । त्यो ३२ पनि हाम्रै हुन्थ्यो । त्यो दुईवटा जोड्दा ७४ हुन्थ्यो । दुईवटाबीच एकता भएको भए त्यो मल्टिप्लाई हुन्थ्यो । करिब १ सय सिट वामपन्थीको हुन्थ्यो ।

प्रतिकृया दिनुहोस्