×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कारागारभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा

कारागारभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा

काठमाडौं । जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिए ।

‘आज बिहान कारागारभित्रै झुण्डिएको अवस्थामा उहाँ भेटिनुभएको हो,’ शर्माले भने, ‘घटनाबारे थप अनुसन्धानको काम भइरहेको छ ।’ शर्माका अनुसार, मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।

अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस्