काठमाडौं । राष्ट्रिय सभाले एकै दिन ६ वटा विधेयक पारित गरेको छ । सभाध्यक्ष नारायाण दाहालका अनुसार चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेट आश्रित विधेयक पारित गरेको हो ।
उनले सभामै भनेका छन्, ‘आज राष्ट्रिय सभाले गर्वका साथ भन्न सक्छ कि, चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरि समितिको प्रतिवेदनसहित र दुई वटा आश्रित विधेयक विधेयक सभामै छलफल गरि एकै दन पारित गरि प्रतिनिधिसभमामा पठाउन सफल भएका छौं ।’
सभाध्यक्ष दाहालले भने जस्तै सभाले चार वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्यो ।
१. सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक
२. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक
३. सहकारी (पहिलो संशोधन) विधेयक
४. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ।
यसबाहेक थप दुई वटा विधेयक पनि राष्ट्रिय सभाले बिहीबार नै पारित गर्यो ।
१. आर्थिक विधेयक २०८३
२. राष्ट्र ऋण उठाउने विधेयक २०८३