×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजयकुमार पाण्डेय सहित ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आयोगे पाण्डेयसहित नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका-१० का महेन्द्र राउतकुर्मीविरुद्ध मुद्दा दायर भएको हो ।

आयोगले उनीहरूविरुद्ध जनही १ लाख ९१ हजार ५२० रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको हो ।

नगरपालिकाका कर्मचारीले कागजात सच्याई अपाङ्गताको परिचयपत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो ।

प्रतिकृया दिनुहोस्