काठमाडौं । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ ।
अघिल्लो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो ।
आज बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । ७४ रनको विजय लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।