काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १४ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।