काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँद्यीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ११ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ६५ रुपैयाँ बढेर प्रतितोला दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।