×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बिना अनुमति काठमाडौँ आएका ७ जना भारतीय प्रहरी दूतावासको जिम्मा

बिना अनुमति काठमाडौँ आएका ७ जना भारतीय प्रहरी दूतावासको जिम्मा

काठमाडौँ । अनुमति नलिइकन आरोपी पक्राउ गर्ने उद्देश्यले काठमाडौँ आएका ७ जना भारतीय प्रहरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको छ । ठमेलस्थित अलफ्ट होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । उनीहरू फागुन १२ मा काठमाडौँ आएर अलफ्ट होटलमा बसेका थिए ।

उनीहरूलाई ठमेलबाट नियन्त्रणमा लिएर सीआईबीको टोलीले उनीहरूलाई भारतीय दूतावासको जिम्मा लगाएको छ । प्रहरी स्रोतका अनुसार दूतावासले उनीहरूलाई हवाई मार्ग मार्फत भारत फिर्ता पठाएको छ ।

पन्जाबाट आएको भारतीय प्रहरी टोली एक जना भारतीय आरोपी खोज्दै काठमाडौँ आएका हुन् । उनीहरूले नेपाल प्रहरीको आधिकारिक विभागसँग समन्वय नगरेको आरोप छ । 

प्रतिकृया दिनुहोस्