×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सुनकोसी नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला

सुनकोसी नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला

काठमाडौँ । सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर–७ स्थित कानढुंग्रीमा सुनकोसी नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला परेको छ ।

बीपी राजमार्गबाट नदीमा खसेको अवस्थामा ज.१० प २६०४ नम्बरको अपाचे मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । राजमार्गबाट करिब ३५ मिटर तल नदीबाट सशस्त्र प्रहरी बलको टोलीले मोटरसाइकल निकालेको छ ।

सो मोटरसाइकल सर्लाहीका बरहथवा नगरपालिका–७ घर भएका राजाबाबु यादवले चलाएका थिए । उनी अर्को सवारीमा चढेर आएको र ललितपुरको इमाडोलमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एकजना अधिकृतले बताए । 

प्रतिकृया दिनुहोस्