×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

काठमाडौँ । सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । जाहेरी दिए पनि कसैको नाम किटान गरिएको छैन ।

जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत सुरू गरिरहेको एसएसपी रमेश थापाले बताए ।

काठमाडौँ जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ । भदौ २४ गतेको घटनामा सातवटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएका थिए । सर्वोच्च अदालतको पत्राचार अनुसार ती अदालतले पनि विभिन्न विवरण संकलन गरी जाहेरी दिने तयारी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्