काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ र विप्लव नेतृत्वको नेकपाको अखिल नेपाल जनसांस्कृतिक महासंघले आज संयुक्त रुपमा २७ औँ साँस्कृतिक प्रतिरोध दिवस मनाउदै छ । तत्कालीन नेकपा माओवादीका ७ जना कलाकारहरुलाई काभ्रेको अनेकोटमा सुरक्षाकर्मीहरुले सामुहिक हत्या गरेको दिनको स्मरणमा हरेक बर्ष चैत ५ गते साँस्कृतिक प्रतिरोध दिवस मनाउने गरिन्छ ।
२०५५ साल चैत ५ गते अनेकोटको एक घरमा बसिरहेकोबेला कलाकारहरु च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुवँर, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र चिनीमाया लामालाई सुरक्षाकर्मीहरुले सामुहिक हत्या गरेका थिए ।
त्यही दिनको स्मरणमा आज दिउँसो १२ बजो प्रज्ञा डबली काठमाडौंमा संयुक्त कार्यक्रम हुँदैछ भने दिउँसो १ बजे काभ्रेको अनेकोटमा साँस्कृतिक कार्यक्रम तथा सहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र काभ्रेले जानकारी दिएको छ ।