×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विपक्ष दलको बैठक सिंहदरबारमा सुरु

विपक्ष दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । नेपाली कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक  कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

 बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद सरस्वती लामा उपस्थित छन् भने श्रम संस्कृति पार्टी उपस्थित भएको छैन ।

सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता आङदेम्बेले विपक्षी दलहरूको रणनीति बनाउन बैठक बोलाएका थिए । 

प्रतिकृया दिनुहोस्