उद्वव थापालाई कारबाही गर्ने राप्रपाको निर्णय, पार्टी सदस्यबाटै निष्काशित उद्वव थापालाई कारबाही गर्ने राप्रपाको निर्णय, पार्टी सदस्यबाटै निष्काशित
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

उद्वव थापालाई कारबाही गर्ने राप्रपाको निर्णय, पार्टी सदस्यबाटै निष्काशित

उद्वव थापालाई कारबाही गर्ने राप्रपाको निर्णय, पार्टी सदस्यबाटै निष्काशित

काठमाडौं । राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्काशन गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै कारबाही गरेको जानकारी दिए। थापाले एमाले‍ र नेकपाको सरकारलाई समर्थन गरेका थिए।

उनको समर्थनलाई अस्वीकार् गर्दै राप्रपाले समर्थन फिर्ता लिन आग्रह गरेको थियो। तर उक्त आग्रह नमानेको उल्लेख गर्दै राप्रपाले कार्बाही गरेको हो।
‘उद्वव थापालाई साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट कारबाही गरिएको छ’ लिङदेनले भने।

अहिले संसदीय दलको नेतालाई कार्बाही गरेको अब सरकारमा सहभागी हुने अन्यलाई पनि कार्बाही गर्ने अध्यक्ष लिङदेनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्