काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ ऊर्जा दिएको पनि उनले बताए । हाल माओवादी पार्टीका जनवर्गिय सङ्गठन, विभिन्न मुक्तिमोचाहरु असाधारण तरिकाले पार्टी निर्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुमत आउने उनको दाबी छ ।
पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको बताए । माओवादी पार्टी केही समय रुमल्लिए जस्तो, अलमलिएजस्तो देखिए पनि अब यसले गति लिएको उनको भनाई छ ।