काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले आज बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् । काठमाडौँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि उनी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका हुन् ।
बन्चरेडाँडाका स्थानीयले यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँको फोहोर उठ्न सकेको छैन ।