×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

नयाँ दिल्ली पुगे प्रधानमन्त्री बालेन, भारतका राज्यमन्त्रीले गरे स्वागत

नयाँ दिल्ली पुगे प्रधानमन्त्री बालेन, भारतका राज्यमन्त्रीले गरे स्वागत

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन् । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।

उनको बसाइ ताज होटलमा हुने तय भएको छ । आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेट प्रधानमन्त्री बसेको होटल ताजमै हुनेछ । भ्रमणको दोस्रो दिन सोमबार भने उनी प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्चस्तरीय भेटघाटमा व्यस्त हुनेछन् ।

प्रतिकृया दिनुहोस्