×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

गभर्नर सिफारिस समितिको बैठक सुरु

गभर्नर सिफारिस समितिको बैठक सुरु

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ । बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ । प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेको छ ।

समितिमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

सिफारिस समिति बैठक लगत्तै आजै मन्त्रिपरिषद् बैठक पनि बस्दैछ ।

प्रतिकृया दिनुहोस्