×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन

तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । संसद् सचिवालयले तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी गराएको छ । प्रतिबन्धात्मक व्यवस्थाको कारण देखाउँदै संसद् सचिवालयले बैठकको समय धकेलेको हो ।

प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ । यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु समयअघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ४ बजे बस्नेगरी बैठक तेस्रोपटक सारेका हुन् ।

यसअघि आजै बिहान ११ बजे बोलाइएको बैठक बस्न सकेको थिएन । सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा सो बैठकका दिउँसो सवा १ बजेका लागि बोलाइयो ।

सवा १ बजे बोलाइएको बैठकमा पनि सत्ता र प्रतिपक्षी दलबीच चर्काचर्की रह्यो ।

त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो साढे ३ बजेसम्मका लागि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्