×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित

मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित

जनकपुरधाम । बजेट संशोधनको माग गर्दै विपक्षी दलले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरुद्ध गरेका हुन् ।

बैठकको सुरुमै जनमतका सांसद संजयकुमार यादवले सरकारले एक करोडको बजेट ल्याउने नाममा टुक्रे योजनाहरू भएको बजेट ल्याएर संघीयतामाथि झन् वितृष्णा बढाउन खोजेको आरोप लगाए । उनले बजेट संशोधन नभएसम्म प्रतिपक्षी दुबै दलले सदन चल्न नदिने अडान लिए ।

यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट संशोधन हुनुपर्ने वा छानविन समिति गठन गरे मात्र सदन चल्न दिने बताए ।

प्रतिपक्षीले सदन अवरुद्ध गरेपछि सभामुख रामअशिष यादवले अनिश्चित समयका लागि बैठक स्थागित गरेका छन् । उनले अर्को सूचना नहुञ्जेलसम्मको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

यसअघि बुधबार पनि बजेटमाथि छलफलको लागि बसेको बैठक दुई दलको अवरोधका कारण १० मिनेटको लागि स्थगित गरिएको थियो । पछि बैठक पुनस् बस्न सकेको थिएन् ।

प्रतिकृया दिनुहोस्