×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप डिसेम्बर दोस्रो साता

काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप डिसेम्बर दोस्रो साता

काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आगामी डिसेम्बर पहिलो साता हुने भएको छ । नेपाल भलिबल संघको दशौं पूर्ण बैठकले पहिलोपटक हुन लागेको काभा पुरुष क्लब च्याम्पियनसिप ८ सेम्बर ७ देखि १४ सम्म (मंसिर २२ देखि २९ गते) आयोजना गर्ने निर्णय गरेको हो ।

सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) को कार्यक्रम अनुसार नेपाल भलिबल संघले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यस वर्ष भलिबल संघले आयोजना गर्ने यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि संघले काठमाडौंमा काभा वुमन्स नेसन्स लिग बयोजना गरेको थियो । जहाँ नेपाल उपविजेता बनेको थियो ।

यस्तै बैठकले सातौं महिला तथा आठौं पुरुष बिच भलिबल प्रतियोगिता माघ १ देखि ५ गतेसम्म सिन्धुपाल्चोकको सुकुटे बिचमा आयोजना गर्ने निर्णय गरेको छ ।

यसैगरी गत महिना श्रीलंकामा भएको काभा पुरुष यु(२० भलिबल च्याम्पियनसिपमा रजत जितेको नेपाली टोलीका खेलाडी ३० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय समेत भएको छ ।

यस्तै खेलकुद पुरस्कार कार्यविधि अनुसार पाउनुपर्ने पुरस्कारका लागि संघले राष्ट्रिय खेलकुद परिषद्मा काजगपत्र समेत बुझाइसकेको संघले जनाएको छ ।

मिसन २०२६ अन्तर्गत मंसिर १ देखि सुरु हुन लागेको विभिन्न खेलको बन्द प्रशिक्षणमा महिला भलिबल पनि समावेश छ । २०औं एसियन गेम्सलाई मध्यनजर गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण पनि मंसिर १ गतेदेखि हुनेछ ।

दशौं पूर्ण बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पनि पास गरेको छ ।

प्रतिकृया दिनुहोस्