×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त

काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् ।

यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ । सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् । पन्त भने गगन थापा समूहकी हुन् । उनी विशेष महाधिवेशनको पक्षमा समेत खुलेकी थिइन् ।

प्रतिकृया दिनुहोस्