×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रले स्थगित गर्‍यो पदाधिकारी बैठक

माओवादी केन्द्रले स्थगित गर्‍यो पदाधिकारी बैठक

काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । माओवादी केन्द्रले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी पदाधिकारी बैठक बोलाएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए । पूर्वप्रधानमन्त्री प्रचण्ड आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

अब पदाधिकारीको बैठक मंसिर ४ गते बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायतमा छलफल गर्ने एजेन्डा छ ।
 

प्रतिकृया दिनुहोस्