×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

वर्तमान गठबन्धन सरकार अपवित्र र अप्राकृतिक : सांसद तामाङ

वर्तमान गठबन्धन सरकार अपवित्र र अप्राकृतिक : सांसद तामाङ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका सांसद हितबहादुर तामाङले सरकारले पुरस्कृत गर्नुपर्ने कुलमान घिसिङ जस्तो मान्छेलाई ह्यारेस्मेन्ट गरेको भन्दै आक्रोश पोखेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रमुख नेताहरूले विरोध गरेकै कारण सुदूरपश्चिमका ९‚ १० युवाहरूलाई गिरफ्तार र थुन्ने काम गरेको उल्लेख गरेका छन । 

वर्तमान सरकारले एनसेल नवीकरणको नाममा अरबौको चलखेल भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन।  ‘सरकारले मुख्य सचिव बनाउँदा बरियताक्रम मिच्यो । अरू सचिवले राजीनामा दिनुपर्यो‚’ उनले भने । 

सांसद तामाङले वर्तमान गठबन्धन अपवित्र र अप्राकृतिक भएकोमा पनि आपत्ति जनाएका छन । सरकार गलत नियत र उद्देश्यले बनेको प्रमाणित भइसकेको पनि उल्लेख गरेका छन ।  सांसद तामाङले संविधान संशोधनको विरोधी नेकपा माओवादी नभएको भन्दै जनताको हितको पक्षमा परिवर्तन गर्नुपर्छ भनेपनि अहिले सरकार ४७ सालकै संविधान ल्याउनेगरी लागि परेको आरोप लगाएका छन ।

सरकारले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न लागिपरे त्यसको प्रतिकार माओवादीले गर्ने उल्लेख गरेका छन ।

प्रतिकृया दिनुहोस्