×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

मंगलटार प्रहरी हिरासतमा रहेका व्यक्ति मृत फेला

मंगलटार प्रहरी हिरासतमा रहेका व्यक्ति मृत फेला

काठमाडौँ । काभ्रेको मंगलटार इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति मृत फेला परेका छन् । रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुतराज तामाङ मृत फेला परेका हुन् ।

उनी शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनी चोरी आरोपमा आइतबारदेखि हिरासतमा थिए । सोमबार बिहान ३ बजे उनी शौचालयमा मृत अवस्थामा फेला परेका हुन् ।

घाँटीमा ब्ल्यांकेटको घेरोको कपडाको पासो लगाएको अवस्थामा उनी मृत फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्