×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनी छन् ।

सोमबार बा.४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

टिपर चालक काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घर भएर बनेपा बस्ने ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस्